लुम्बिनी समाज कुवेतद्धारा अभियानबाट संकलित रकम भागिरथको परिवारलाई हस्तान्तरण


सडक दुर्घटनामा परी गम्भीर घाइते भएर अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका भागिरथ चापागाइको नेपाल फर्काउने कोसिस हुँदाहुदै उपचारको क्रममा निधन भएको थियो र सोहि समयमा “भागिरथ चापागाई बचाउ अभियान”बाट संकलित रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । मृतक भागिरथ चापागाईको जन्मथलो बर्दघाट नगरपालिका-१२ नवलपरासीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी समाज नेपाल कुवेतले भागिरथकी बृद्ध आमा नान्नी देवी चापागाई र श्रीमती रजिता कुमारी शर्मालाई हस्तान्तरण गरेको हो ।

जुलाई २४ तारिखका दिन कुवेत सिटिको मालियास्थित एसिया होटलको हलमा कुवेतका तीन दर्जनभन्दा बढी बुद्धिजीवी तथा पत्रकारहरुको छलफलले भागिरथ चापागाईं बचाउ अभियान पुर्ण रुपमा बन्द गरिएको घोषणा गर्दै भागिरथ चापागाईकी आमा र उनकी श्रीमतीको नाममा बराबर रकम पठाउने सर्वसम्मत निर्णय गरेको थियो ।

लुम्बिनी समाजका तृतीय उपाध्यक्ष अनिल ठाकुर, सचिव सागर खड्का, सल्लाहकार बिरबिक्रम सुनार लगायत पदाधिकारीहरु घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा हस्तान्तरण गरिएको हो । संकलित ३६४२ केडी ५०० फिल्स मध्ये भागिरथको निधनपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार, शव नेपाल पठाउन ३५० दिनार र नेपालमा शवलाइ अन्तिम संस्कार गर्न २७७।८१० फिल्स खर्च भएको संस्थाले बताएको छ । खर्च भएको ७१६ केडी ८१ फिल्स कटाएर बाँकी २९२५ केडी ६९ फिल्स मृतककी श्रीमती रजिता कुमारी शर्माको नाममा ५२९४६४(पाँच लाख उनान्तीस हजार चार सय चौसठ्ठी हजार) र उनकी आमा नान्नी देवी चापागाईको नाममा ५२९९४१(पाँच लाख उनान्तीस हजार नौ सय एकचालीस) पठाईएको लुम्बिनी समाज नेपाल कुवेत कार्यबाहक अध्यक्ष रमेश पाल्पाली जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.