८ साउन, काठमाडौं । ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/07/2019
नेपालले मलेसियालाई हरायो, ज्ञानेन्द्रको अर्धशतक
Posted in खेलकूद
मलेसियाले नेपाललाई दियो ९ ओभरमा ८४ रन बनाउने चुनौति
काठमाडौँ — ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९-९ ओभरमा छोट्याइएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपाललाई ९ ओभरमा ८४ रन बनाउनुपर्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
७६१ सिंहदरबार !
अखण्ड भण्डारी
भ्वाइस अफ दि भ्वाइसलेस
जब ‘सिंहदरबारहरू’ जनताका सेवक बन्नेछन्, तब मात्र श्राद्ध गर्ने दुना–टपराको कर तिर्दा मज्जा आउनेछ !तपाईं सिंहदरबारलाई कसरी चिन्नुहुन्छ ? यो काठमाडौंको केन्द्रमा छ। ठूलो कम्पाउन्डभित्र रहेको संघीय प्रशासनिक ब्रह्माण्डै हो यो। यहाँभित्र के पाक्छ, सर्वसाधारणलाई न देख्ने पहुँच हुन्छ, न चाख्ने। अर्थात्, जनतालाई गेटबाहिर राखेर शासनका परिकार बनाउने भाँडो नै सिंहदरबार हो। यहाँ पस्न कि ‘खास’ हुनुपर्छ, कि ‘पास’। हुम्लाका बिर्खबहादुर न ‘खास’ हुन्, न उनलाई भित्रबाट ‘पास’ ठेलिदिने कोही छ। केन्द्रीय राजधानी आउँदा उनले देख्ने सिंहदरबार भनेकै वरिपरि फन्को मार्ने हो। चरचर फुटेका पाइताला अझ चिरा–चिरा पारेर फुटाउने हो। बूढीऔंलो निस्किने जुत्ताबाट अर्को औंलो निकाल्ने हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार