माधव अर्याल, घनश्याम गौतम
पाल्पा — अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना सम्पर्कविहीन छन् । सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए। सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म जानकारी केही नआएको उनले बताए। घटनास्थल कालीगण्डकी कोरिडोरबाट झण्डै दुई घण्टा ठाडो उकालो हिँडेपछि मात्र पुग्न सकिन्छ। पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...