“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका खातिर सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतमा स्थापना भएको लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन २३ अगस्ट २०१९ शुक्र्बार दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा गर्ने अध्यक्ष माधब पौडेल ले कुवेतनेपाल डट्कम लाई जानकारी दिएको छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
आयोजक :लालीगुराँस सांस्कृतिक परिवार कुवेत
कार्यक्रम: नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन
मिति : २३ अगष्ट २०१९ शुक्रबार
स्थान :आइडियाल अडिटेरियम हल फर्वानिया