“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका खातिर सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतमा स्थापना भएको लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन २३ अगस्ट २०१९ शुक्र्बार दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा गर्ने अध्यक्ष माधब पौडेल ले कुवेतनेपाल डट्कम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/07/2019
लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन २३ अगस्टमा गर्दै
किन खुम्चिँदै छ खाडीको श्रम बजार ?
होम कार्की
काठमाडौँ — नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिँदै गएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६.९५ प्रतिशतले कम भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरूले लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार