Daily Archives: 16/07/2019

भिसा दस्तुर हिनामिना


देवेन्द्र भट्टराई
विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतले चालु आर्थिक वर्षमा मात्रै जारी भएकामध्ये करिब १ लाख भिसा स्टिकरको रकम दाखिला गरेनन्काठमाडौँ — विदेशस्थित कूटनीतिक नियोग, अवैतनिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौं रुपैयाँ दस्तुर हिनामिना भएको छ ।चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा जारी करिब २ लाख प्रवेश भिसा (स्टिकर) मध्ये आधाभन्दा बढीको राजस्व दाखिला भएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बाढी–पहिरोपीडितको उद्धार कार्य जारी


मर्नेको संख्या ६७
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार रातीसम्म ६७ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्