१५ जुलाई कुबेत,नेपाल आदिवासी जनजाति महासंघ को प्रबास शाखा नेपाल आदिवासी जनजाति महासंघ कुवेतले यहि आउदो ९ अगस्टमा बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ २५ औ विश्व आदिवासी दिबस मनाईने जनजाति महासंघ कुवेतका महासचिव मन्जित राईले जानकारी दिएका छन।
विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउने गरेको पाईन्छ ।
कार्यक्रम लाई थप मनोरन्जन को लागि कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाँकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु गर्ने गरी रंगी बिरंगी सांस्कृतिक कार्यक्रम हुनेछ। यस अवसरमा कुवेतमा क्रियाशील नेपाली सम्पूर्ण संग सस्था पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागी भई मनोरञ्जन लिन नेपाल आदिवासी जनजाती महासंघ कुबेत हार्दिक निमन्त्रणा गर्दछ।
कार्यक्रमको विवरण
मिति : ९ अगष्ट २०१९ शुक्रबार
समय : दिनको ठिक १२ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया कुवेत
आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा