Daily Archives: 15/07/2019

दलित एकता संजाल कुवेतको तेश्रो अधिबेसन २६ जुलाईमा


कुवेत । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतको तेश्रो अधिबेसन आउँदो २६ जुलाईमा हुने भएको छ । संजाल अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा तेश्रो अधिबेसन गर्ने तयारी भैरहेको प्रथम उपाध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

“दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ प्रवाशबाट स्थापित दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतले छैटौं बार्षिक उत्सब पनि सोहि दिन मनाउने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

तमू प्ये ल्हु संघ,कुवेतले तमू ल्होसार जनवरी ३ तारिक अतिथी कलाकार को साथ मनाउने


१५ जुलाई ,कुवेत। तमू प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमू हरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ च्यु ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको उपअध्यक्ष शेरजङ्ग घलेले मिडिया मार्फत जानकारी दिनु भएको छ।

गत जुलाई १२ तारिक शुक्रबार दिन अध्यक्ष उमा गुरुङको निवास सल्मिया मा उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

बाढी पहिरो अपडेट : मृत्यु हुने ६५ पुगे, ३० बेपत्ता, ३८ घाइते


काठमाडाैं : अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हाे। प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। सेना, प्रहरी, सशस्त्र प्रहरीकाे टाेलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकप क्रिकेट : इंग्ल्याण्डलाई विजेता घोषणा गर्ने नियमको आलोचना


३० असार, काठमाडौं । निकै रोमाञ्चक प्रतिस्पर्धामा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले पहिलोपटक क्रिकेट वर्ल्डकपको उपाधि जित्यो । फाइनल खेल त इंग्ल्याण्डले जित्यो, तर प्रशंसा न्यूजिल्याण्डको पनि भइरहेको छ । सँगसँगै विजेता घोषणाको आधारको आलोचना पनि भइरहेको छ । जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराए । दर्शकको नजर यी दुवै खेलमा थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा २५ औ विश्व आदिवासी दिबस बिभिन्न साँस्कृतिक साथ ९ अगष्टमा मनाईंदै


१५ जुलाई कुबेत,नेपाल आदिवासी जनजाति महासंघ को प्रबास शाखा नेपाल आदिवासी जनजाति महासंघ कुवेतले यहि आउदो ९ अगस्टमा बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ २५ औ विश्व आदिवासी दिबस मनाईने जनजाति महासंघ कुवेतका महासचिव मन्जित राईले जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्