मिति 12 जुलाई 2019 तारिख शुक्रबारका दिन कुवेतको नगरी जिलिवमा अवस्थित पपिन्स हलमा अनेसास कुवेत च्याप्टरले आफ्नो ९औं बार्षिक उत्सव तथा राष्ट्रिय बिभुति आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्ती विविध बिधाका रचनाहरु वाचन गरि भब्यताका साथ सम्पन्न गरियो।
अनेसास कुवेत च्याप्टरको अध्यक्ष हिमाल अन्जान ज्यु को सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत श्री दुर्गा प्रसाद भण्डारी तथा बिशेष अतिथी नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा हुनुहुन्थ्यो। यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रमको संयोजक कुवेत च्याप्टरका उपाध्यक्ष प्रसाद तिम्सिना ज्युले गर्नुभएको थियो भने कार्यक्रम संचालन कुवेत च्याप्टरका महासचिव राज श्रेष्ठले गर्नु भएको थियो।
प्रमुख अतिथिको रुपमा पाल्नु भएका महामहिम राजदुत श्री दुर्गा प्रसाद भण्डारि ज्युले हाम्रो राष्ट्रिय बिभुती आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरि पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको समुत्घाटन गर्नुभएको थियो भने कुवेत च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति हिमाल अन्जान ज्युले केक काटेर बार्षिक उत्सवको समुत्घाटन गर्नुभएको थियो। साथै उपस्थित संपूर्णले पालैपालो आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला चढाएर भावपुर्ण श्रद्धा सुमन अर्पण गर्नुभएको थियो।
नेपाली राष्ट्रिय गान बाट शुरु भएको उक्त कार्यक्रममा कुवेत च्याप्टरका उपाध्यक्ष प्रसाद तिम्सिना ज्यु ले स्वागत मन्तब्य दिनु भएको थियो भने सल्लाहकार माधव पौडेल “असल यात्री” ज्यु ले शुभकामना मन्तब्य दिनुभएको थियो। यसैगरी प्रमुख अतिथी महामहिम राजदुत श्री दुर्गा प्रसाद भण्डारी ज्यु ले शुभकामना मन्तब्य राख्ने क्रममा अनेसास कुवेत च्याप्टरले प्रवासी भुमिमा रहेर पनि नेपाली भाषा तथा साहित्यमा पुर्याउँदै आएको योगदानको कदर गर्दै खुल्ला हृदयले प्रशंसा गर्नुभएको थियो साथै आगामी दिनहरुमा नेपाली दुतावास कुवेतको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो। कार्यक्रममा नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष ईन्द्रपोखरेल, पत्रकार महासंघका उपाध्यक्ष नवराज पन्थी, एन आर एन ए कि अध्यक्ष सुमित्रा पौडेल, जन जागृति युवा समाजका अध्यक्ष टिकाराम आचार्य, समाजसेवी कुमार झापाली लगायतका ब्यक्तिहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो।
बिगत लामो समय देखि कुवेत च्याप्टरको साहित्यिक कृयाकलापहरुमा सकृयताका साथ लागिरहनु भएका साहित्य सर्जक शिर्जना पाण्डे ज्युलाई सोही मिति बाट महिला उपाध्यक्ष तथा लोक गायक तथा साहित्यकार राजेन्द्र बिरही ज्युलाई सल्लाहकारको पदमा नियुक्त गरिएको थियो। उहाँहरुलाई कुवेत च्याप्टरका अध्यक्ष तथा कार्यक्रम सभापति हिमाल अन्जान ज्युले दोसल्ला ओढाई स-सम्मान स्वागत गर्नुभएको थियो।
कार्यक्रममा अनेसास कुवेत च्याप्टरमा आबद्ध रहनु भएका तथा आबद्ध नरहनु भएका करिब डेढ दर्जन साहित्य सर्जक ज्युहरुले विविध बिधाका रचनाहरु वाचन गर्नु भएको थियो भने लोक गायक तथा साहित्यकार राजेन्द्र बिरही र नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा ज्युले आदिकवि भानुभक्त आचार्य द्वारा अनुवादित रामायणको केही श्लोक वाचन गर्नुभएको थियो। विविध बिधाका रचना वाचन गर्नुहुनेमा जानकी जानू दर्लामी, अमित चाम्लिङ, केसर तामाङ, प्रेम कटुवाल “जिजिविषा” निरुमाया खड्का, पुर्णिामा बुढामगर, तिलाचन बस्याल, माधव पौडेल “असल यात्री”, प्रसाद तिम्सिना, राज श्रेष्ठ, गगन बिष्ट, प्रबिण आचार्य, बद्री न्यौपाने, हरी कंडेल, शिर्जना पाण्डे, राजेन्द्र बिरही, बिजय औजि अन्जान, दिपक सुनार हुनुहुन्छ। रचना वाचन गर्नुभएका सर्जक ज्युहरुलाई सफलताको कामना गर्दै आगामी दिनहरुमा पनि नेपाली साहित्यमा लागिरहन हौसला मिलोस् भन्ने अभिप्रायले प्रमुख अतिथी तथा अतिथी ज्युहरुको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।
बिगतका दिनहरुमा अनेसास कुवेत च्याप्टरलाई आर्थिक, भौतिक तथा विभिन्न तवरले सहयोग पुर्याउँदै आउनु भएका आठजना ब्याक्तित्वहरुलाई उहाँहरुको कार्यको उच्च मुल्यांकन गर्दै दोसल्ला ओढाई सम्मानपत्रका साथ अनेसास कुवेत च्याप्टरले सम्मान गरेको थियो। सम्मानित हुनुहुनेमा रोजिना ढुंगाना, मान बहादुर बलायर, रुपेन हमाल, जानकी जानू दर्लामी, नैनकला राई, राजेन्द्र बिरही, केदार नाथ खरेल र प्रसाद तिम्सिना हुनुहुन्छ। यसैगरी अनेसास कुवेत च्याप्टरको हरेक गतिविधिहरुलाई नजिकै बाट अवलोकन गरि विभिन्न अनलाईन पत्रीका मार्फत समाचार सम्प्रेषण गरि बिश्वभर छरिएर रहेका नेपालीहरु माझ पुर्याउन अहम भुमिका निभाउनु भएकोमा उहाँहरुको योगदानको उच्च मुल्यांकन गर्दै विभिन्न आठ मिडियाहरुलाई सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापती तथा अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जान ज्युले अनेसास कुवेत च्याप्टरको निमन्त्रणालाई स्विकार गरि पाल्नु भएका प्रमुख अतिथी, बिशेष अतिथी, अतिथिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, पत्रकार, कलाकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, साहित्य प्रेमी तथा साहित्य सर्जक ज्युहरुलाई हार्दिक कृतज्ञता ब्यक्त गर्नुभएको थियो। आगामी दिनहरुमा पनि अनेसास कुवेत च्याप्टर नेपाली भाषा तथा साहित्यको उन्नयनको लागि अत्यन्तै कृयाशिलताका साथ लागिरहने र कुवेतको भुमिमा यस्तै किसिमको साहित्यिक कार्यक्रमहरु गरिरहने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्र