१३ जुलाई कुवेत नुवाकोट धादिङ रसुवा समाज कुवेतको आयोजनामा हुन गैइरहेको प्रथम वार्षिक उत्साव तथा बृहत संगितिक धमाका कार्यक्रमको तयारी पुरा भएको यही आउदो 19 जुलाई 2019 शुक्रबार का दिन कुवेतको जिलिब स्थिति (ईन्डियान ब्रीटिस स्कुल) मा हुन गैइरहेको उक्त सांगितिक धमाका को लागि नेपाल देखि पल्नु हुने आमन्त्रित अतिथि कलाकारहरु प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा जुलाई 17 /7/19 को दिन बुधबार दिउँसो दिनको ठिक 3:35 बजे कुवेत आइपुग्ने समाज को अध्यक्ष राकेश मनाङथेन ले जानकारी दिनु भएको छ ।
नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा आयोजना गर्न लागिरहेको बृहत संगितिक धमाका कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक नुवाकोट धादिङ रसुवा समाज कुवेतले हार्दिक अनुरोध गरेको छ।
अतिथि कलाकार हरुको स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई बुधबार जुलाई 17 /7/19 को दिन बुधबार दिउँसो ठिक 3:35 बजे अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी कार्यक्रम संयोजक धर्म तमाङले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमको विवरण:-
आयोजक:नुवाकोट धादिङ रसुवा समाज कुवेत
स्थान: Nottingham british school jeleeb
मिति: जुलाई 19 तारिक शुक्रबार 2019
समय: बिहान् 11 बजे देखी