माधव शाही कुवेत । कुवेतको श्रमिकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको मृत्यु भएको छ । त्यस्तै केही श्रमिकहरू घाईते भएका छन् ।
शुक्रबार राति महाबुल्लाको बल्क २ मा रहेको आप्रावासी कामदारहरू बस्ने एक बिल्डिङमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भई आगलागी भएको थियो ।घाइते मध्ये दुई जनाको अवस्था नाजुक रहेको बुझिएको छ । मृतकहरूको शब फ्रवानिया अस्पतालमा राखिएको छ, भने घाइतेहरूको अदान अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुने नेपालीहरूमा एक पुरुष र दुइ महिला रहेको जानकारी प्राप्त भएको छ । तर, घटना’bout वृस्तीत विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।