“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार आगामी २०२० जनवारी १० तारिक मनाउने समाज को अध्यक्ष राजु गुरुङ ले मिडिया मार्फत जानकारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/07/2019
तमू समाज कुवैतले तमू ल्होसार जनवारी १० तारिक मनाउने”
गयाक बसन्त परियार को नयाँ लोक दोहोरी गीत बजारमा आँउदै
रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपलिका ६ स्थायी घर भएका बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक बसन्त परियार को नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा गयाक बसन्त परियार को लय शब्द रहेको नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा अब चाडै नै बजार मा आउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
आफनै फुपुबाट कुवेतमा बेचिएकी १६ वर्षिय पुजा रावलाई कुवेत नेपाली एकता समाजले गर्यो उद्वार
कुवेतमा २०१४मा स्थापना भएको कुवेत नेपाली एकता समाज नेपालको राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन हो।यस संगठन अाफै र कुवेतमा क्रियाशिल संघसंस्थाहरुसँग हातेमालो गर्दै सहयोग र खाश गरी उद्वारमा सक्रिय रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
विषादी प्रकरण’bout प्रधानमन्त्रीले भने- ‘भारतको कूटनीतिक प्रयासहरू ’bout मलाई अनभिज्ञ राखियो’
‘पछि मात्र थाहा भयो, त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ’
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्र’bout आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको ’bout २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु
चार शिक्षक प्रहरी नियन्त्रणमा
मनोज भट्ट,कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणि जोशीले शिक्षककै कुटाइबाट भाञ्जाको मृत्यु भएको दावी गर्नुभएको छ । उहाँका अनुसार डडेलधुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै तीन दिनअघि मात्रै कलौनीलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि उम्मेदवारी दर्ता जुलाइ २० तारिक हुने
कुवेत – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना, NRNA गतिविधि