जुलाई १० कुवेत हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ बिगत केही बर्षदेखी नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्थालालीगुराँस सांस्कृतिक परिवार कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आगामी ४ अक्टोबर २०१९ शुक्रबारको दिन सँस्थाको १३ औं सांस्कृतिक प्रस्तुति स्वरूप दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधब पौडेल ले कुवेतनेपाल डट्कम लाई जानकारी दिएको छ।
लालीगुराँस सांस्कृतिक परिवार कुवेतले कुवेतमा यसअघि पनि धेरी चर्चित राष्ट्रिय कलाकार ल्याएर सांगीतिक कार्यक्रम गरेर कुवेतवासीहरु लाई भरपुर मनोरंजन दिलाइे सक्नु भएको छ। साथै कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने अध्यक्ष माधब पौडेल ले बताएको छ ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
आयोजक :लालीगुराँस सांस्कृतिक परिवार कुवेत
कार्यक्रम: १३ औ दशै बिशेष साँगितिक धमका
मिति : अक्टोबर ४ तारिक