तरकारीको विषादी परीक्षण : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती


रविन भट्टराई/ राधा खनाल
विराटनगर : तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्ती’bout भने सरकारले चासो दिएको छैन।

नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ। त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेको नेपाली व्यापारी बताउँछन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको छ।

पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट भारत निकासी गर्ने कृषिजन्य बस्तुको नमुना कोलकाता लैजाँदा व्यापारीको ठूलो खर्चसमेत हुने गरेको छ। ‘हामीले लगेका कृषिजन्य बस्तुको भारतीय सीमामा परीक्षण हुँदैन, कोलकाताको प्रयोगशालामा लगेर परीक्षणपछि रिपोर्ट ल्याउनुपर्छ। त्यति काम सकिन १५ दिनसम्म लाग्ने गरेको छ,’ विराटनगरका व्यापारी अनिस श्रेष्ठले भने।

टाढा रहेको कोलकाताबाट लामो समयपछि रिपोर्ट आउँदा धेरैजसो कृषिजन्य वस्तु राखेकै ठाउँमा सड्ने गरेको उनको अनुभूति छ। ‘३/४ दिनमा रिपोर्ट आए केहि फरक पर्दैन। १५ दिनसम्म सीमानामा पर्खेका छौ,’ उनले भने, ‘भारतले नेपाली बस्तुको विषादी मापनमा कडाई गरेको लामो समय भयो। तर, भन्सारमा प्रयोगशाला नराखी चलाइरहेको छ।’

नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवा, दाल, कोपीलगायत छन्। सबै वस्तुको भारतले पुर्णरुपमा विषादी परीक्षण गरेर मात्र भित्र्याउने गरेको छ। नेपालबाट जाने कृषिजन्य बस्तु उतै बढि उत्पादन हुने समयमा भारतले विषादी मापनको नाममा महिना दिनसम्म नाकामा रोकिदिएको अनुभवन नेपाली व्यवसायीसँग छ।

कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको अलैँची व्यावसायी महासंघका केन्द्रीय सचीव मातृृका घिमिरे बताउँछन्। ‘भारतमै पनि चिया, अदुवा र अलैंची उत्पादन हुन्छ। आफ्नो देशको पहिले बेच्न कहिले काँही महिना दिनसम्म पनि सीमानामा हाम्रा उत्पादन रोकिन्छ। यसमा नेपाल सरकारले चासोनै दिदैन, हामिले धेरैपटक ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

भारत सामु आफूहरू सँधै निरिह बन्नु परेको नेपाली व्यवसायी गुनासो गर्छन। ‘भारतबाट आयात गरेको कृषिजन्य वस्तु नेपालले परीक्षण गर्न सुरु गरेको काम स्वागतयोग्य थियो। तर दवावमा सरकार पछि हटेको छ,’ विराटनगरका व्यवसायी मोहन भुजेलले भने, ‘नेपालमा त ३/४ दिनमै परीक्षण भएर भारतीय वस्तु छिरेका थिए। हामीलाई भन्दा भारतबाट आउनेलाई धेरै सहज थियो।’

नेपाली व्यापारी दुबै देशमा समान व्यवहार हुनुपर्ने बताउँछन्। ‘परीक्षण गर्न ३/४ दिन लाग्दा भारतलाई असहज हुने, १५ दिन लाग्दा नेपाललाई पनि असहज हुनुपर्छ’, उनले भने, ‘नेपाल आफ्नो निर्णयबाट पछि हट्ने हो भने भारतले पनि हामिलाई यो झन्झट नदिओस्।’

भारतीय केरा र भुइँकटहर खान अयोग्य

भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहर (अनारस) मा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ। प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाका हुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो।

‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भेटियो,’ प्रदेश १ विषादी मापन प्रगोशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन्, ‘यो मात्रा खान मिल्नेभन्दा केही बढि हो।’

उनका अनुसार विषादीको रुकावट प्रतिशत ३५ सम्म खान मिल्छ। ३५ देखी ४५ सम्म भए केहि दिन राखेर खानुपर्छ। ४५ भन्दा माथि भेटिए खान मिल्दैन। सरकारले विषादीको अनिवार्य परीक्षण गर्ने निर्णय गरेसँगै उक्त प्रयोगशालाले दैनिक ८० वटासम्म नमुना जाँचेको थियो। तीन नाकाबाट आएका नमुना दैनिक परीक्षण गरेर बढीमा २ दिनमै रिपोर्ट दिएको उनले जानकारी दिइन्।

प्रयोगशालाले भारतबाट आयात गरिएका केरा, भुईँकटहर, स्याउ, आँप, अनार, कागती, खरबुजा, आलु, प्याज, पानको पात, खुर्सानी, भेँडे खुर्सानी, मेवा र मौषमको नमुना परीक्षण गरेको छ। सरकारले परीक्षण नगर्ने निर्णय गरे पनि भन्सार कार्यालयलाई आधिकारीक पत्र नआएकाले आइतबार पनि नमुना आइपुगेको उनले बताइन्।

जुन तरकारी पनि बन्छ बन्दा

अलैंची, अदुवा र चिया भारतमा नेपालबाट आफ्नै नामले पुग्ने गरे पनि काउली, टमाटर, मटरकोसा आदि भने अर्कै नामले पुग्छन्। सुन्दा अचम्म लाग्न सक्ला तर, ती सबै तरकारीजन्य वस्तु ‘बन्दाकोबी’ बनेर भारत छिर्छन्।

नेपालका तरकारीजन्य उत्पादनमध्ये भारतले बन्दाकोबी मात्र जान पाउने सूचीमा राखेको छ। त्यसैले जुन तरकारी पठाए पनि कागजमा बन्दाकोबी नै लेख्नुपर्ने बाध्यता नेपालीमा छ। त्यही कारण नेपालबाट तरकारी निर्यात गर्न अत्यन्त झन्झटिलो बन्दै आएको छ। यही नियमका आधारमा भारततिरका कर्मचारीले नेपाली व्यापारीलाई दुःख दिने गरेका छन्। ‘त्यहाँका कर्मचारी खुसी मुडमा भए बन्दाकोबी नामलाई सदर गर्छन्, चित्त बुझेन भने थर्काउँछन् र यो बन्दाकोबी होइन, फिर्ता लैजानुहोस् भनेर फर्काउँछन्,’ झापा बिर्तामोडका व्यापारी अर्जुन आचार्यले भने।

भारतले नेपाली कृषि उत्पादन निकासीका लागि ‘अन्तर्राष्ट्रिय मापदण्ड’ भन्दै कडा नियम बनाएको छ। त्यसको दर्जामा नपुगेको भन्दै अधिकांश कृषि उपज निकासीमा नियन्त्रण गरेको छ। तर भारतमा ती उपजको अभाव हुँदा रोकछेक नगरी निकासी हुन दिन्छ। बढी हुँदा रोक्ने गरेको क्वारेन्टाइन कार्यालय काँकडभिट्टका निमित्त प्रमुख सुरेशकुमार शाहले बताए।

विगतमा नेपालमा उत्पादित ६० भन्दा बढी कृषि उपज सहज रूपमा भारत निकासी हुने गरेका थिए। पछिल्लो समय बन्दाकोबी, अम्लिसोको कुचो र अदुवा मात्र निकासी हुन दिने गरिएको छ। यी तीन उत्पादन पनि पेस्ट रिस्क एनालाइसिस गरेर मात्र जान दिइन्छ। बन्दाकै हकमा पनि कालो कुहिने रोग नभएको हुनुपर्ने उसको मापदण्ड छ।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.