कमल तिलक भण्डारी,सम्माननिय प्रधानमन्त्रि ज्युलाइ एक नेपाली नागरिक नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु ।हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ म जस्ता लार्खो युवाहरू अन्योलमा परेका छन। म फेरी यसरी आफनो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर बिल्ला लगाउन पनि तपाइ पछि पर्नु हुन्न यो सववितितै भएको कुरा हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/07/2019
गाँस बास कपास र सहबासको लागी देश छोडेर प्रदेश हिडने समयको अन्त्य होस।
तरकारीको विषादी परीक्षण : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती
रविन भट्टराई/ राधा खनाल
विराटनगर : तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्ती’bout भने सरकारले चासो दिएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
निर्णय गर्दै पछि हट्दै सरकार
दुर्गा खनाल
विषादी परीक्षण, आइफा अवार्ड, गुठी विधेयक, पेट्रोलियम मूल्यवृद्धि, कर्मचारीको प्र्रोत्साहन भत्ता, बिमस्टेक सैन्य तालिम, राजदूत सिफारिसलगायत निर्णयमा सरकार पछि हट्न बाध्य
काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय गर्यो । तर कार्यान्वयनमा आएको तीन साता नबित्दै गत बिहीबार मन्त्रिपरिषद्ले निर्णय फिर्ता लियो । विषादीयुक्त तरकारी र फलफूल परीक्षण रोक्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आफ्नै पार्टीको संसदीय दलभित्रसमेत भारी परेको छ । शनिबार संसदीय दलमा नेकपाकै सांसदले भने, ‘विषादी परीक्षण रोक्ने निर्णयमाथि टेकेर भारतसँग झुक्न खोजेको हो ?’ यही विषयले अहिले सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । विपक्षी कांग्रेसलगायत उपभोक्ता अधिकारकर्मीले सडकमै प्रदर्शन गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ओली–प्रचण्ड बैठक: जुट्यो ‘जनताको जनवाद’ मा सहमति
हट्यो राजनीतिक प्रतिवेदनबाट ‘बहुदलीय’
मधुसूदन रायमाझी, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ । सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन । पार्टी एकीकरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो । पार्टीको विधान र नियमावली लगायतका दस्तावेज प्रकाशित भएर कार्यान्वयनमा पुगेपनि विवादकै कारण राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेको थिएन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
वारी बसेर पारीकालाई अगिज्याईयोस !
कमलसिंह ठकुरी,कुबेतनेपालमा गरिबीका कारण धेरै जसो नेपाली युवायुवतीहरु दिनप्रतिदिन बिदेशीने गरेका छन। त्यस्तै गरिबीको चपेटामा परेको एक प्रतिनिधि पात्र म पनि हु। सुर्खेत जिल्लाको पुर्वी क्षेत्र साबिकको बजेडीचौर गाबिस हालको सिम्ता गाउँपालिका निवासी हु। म बिगत ८ बर्ष देखि बिदेश पलायन हुँदै आएको छु। सन २०११ मा रोजगारीको शिलशिलामा म युएई पुगेको थिए। जहाँ मैले बिदेशको पहिलो अनुभव बटुल्ने अबसर पाए। त्यहाँ रहदा थुप्रै बाधा-ब्यबधान पनि भोगेको थिए। मैले भोगेको पिडादायिक “प्रदेशिको चिट्ठी” अनलाइनखबर डटकमले पहिलोपटक प्रकाशित गरेको थियोे।बिदेश रहेर फर्केकाहरुले नै बिदेशमा रहेका मान्छेको मर्म, पिडा र बाधा-ब्यबधान बुझ्दैनन भने अरु कस्ले बुझ्न सक्छ। यहाँ हामी रहरले होईन बाध्यताले सम्पर्क गर्न सकिरहेका हुदैनौ। किनकी हामीलाई खाना पकाएर खानदेखि काममा (डिउटी) जान समेत समय व्यवस्थापन गर्न हम्मेहम्मे परेको हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना