जुलाई ७ कुबेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरद्धारा यही आँउदो १२ जुलाई २०१९ शुक्रबारको दिन २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले कुबेत नेपालडटम लाई जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने निर्यण गरेको थियो।
उक्त २०६ औं भानु जयन्ती तथा ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रमासाहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनुरोध गर्दै, कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।
मिति :- १२ जुलाई २०१९ शुक्रबार
समय :- दिनको ठिक १२:३० बजे
स्थान :- पपिन्स हल जिलिप , कुवेत
प्रसाद तिम्सीना
कार्यक्रम संयोजक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर