जुलाई ७ कुबेत, रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुबेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ तारिक २०१९ शुक्रबार गर्ने समाजका महासचिव नेत्र पेमीमगर ले कुबेत नेपालडट कम मार्फत जानकारी गराउनु भएको छ।
आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेत ले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ |
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
आयोजक :लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम: चौथो अधिवेशन
स्थान : तय नभएको खोजी मा
मिति/समय :अगस्ट १६ तारिक बिहान ११ बजे देखी