पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई प्रहरीद्वारा कुटपिट, टाउको फुट्यो


सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । कमलामाइ नगरपालिका ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकास सिंह स्याङतानले कार्कीमाथि कुटपिट गरेका हुन् । अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राति नै काठमाडाैं रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले बताइन् ।

पत्रकार महासंघका पूर्व अध्यक्ष मीनकुमार दाहालसँगै खाजा खाईरहेका अध्यक्ष र दाहाल दुवै माथि हातपात भएको तर दाहाललाई भने ठूलो चोट लागेको छैन ।

घटनापछि अभियुक्त प्रहरीहरुलाई तत्काल पक्राउ गरी राति नै पत्रकारहरूको बीचमा सार्वजनिक गरिएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरू राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मीनकुमार दाहाल लगायतका जिल्लाका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको उपचारका सन्दर्भमा छलफल गरेका छन् ।

छलफलमा एसपी सिंहले घाइतेको उपचारको प्रवन्ध गर्ने र दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।(दैनिक )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.