Daily Archives: 07/07/2019

लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन आगामी १६ अगष्टमा


जुलाई ७ कुबेत, रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुबेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ तारिक २०१९ शुक्रबार गर्ने समाजका महासचिव नेत्र पेमीमगर ले कुबेत नेपालडट कम मार्फत जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले सांगीतिक धमाकाका साथ बार्षिक उत्सव मनाउने


जुलाई ७, कुवेत l अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको जनबरी ३ तारिक शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

२०६औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको तयारी पुरा


जुलाई ७ कुबेत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरद्धारा यही आँउदो १२ जुलाई २०१९ शुक्रबारको दिन २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रमको तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले कुबेत नेपालडटम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई प्रहरीद्वारा कुटपिट, टाउको फुट्यो


सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । कमलामाइ नगरपालिका ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकास सिंह स्याङतानले कार्कीमाथि कुटपिट गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

अछामका १२ वडा कार्यालयमा विप्लवको तालाबन्दी


गीता कुँवर
अछाम : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ। कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी छ। पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लवका एक नेताले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

बागलुङका तारा ब.बिकको कुवेतमा निधन


कुवेत गएर आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको बागलुङ जिल्ला गल्कोट घर भएका कुवेतमा कार्यरत तारा बहादुर बिक को जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा फरवानिया अस्पतालमा निधन भएको हो पढ्नेक्रम जारी राख्नुहोस्