Daily Archives: 04/07/2019

नेपालमा ११ मुलुकका शरणार्थी


शरणार्थीको हैसियत माग गर्दै आठ वर्षदेखि पटक–पटक धर्नामा
टीका बन्धन
भुटानी र तिब्बती शरणार्थी समस्या किनारा लाग्न नपाउँदै नेपालमा अन्य मुलुकका शरणार्थीको संख्या बढिरहेको छ । भुटान र तिब्बतीबाहेक विभिन्न नौ मुलुकका शरणार्थी नेपालमा आश्रय लिइरहेका छन् । म्यानमार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, इराक, इरानसहित अफ्रिकी मुलुक सोमालिया र कंगोका नागरिकसमेत शरणार्थीका रुपमा नेपाल भित्रिएका छन् । सरकारले भुटान र तिब्बतीबाहेक अन्य मुलुकका नागरिकलाई शरणार्थीको हैसियत दिएको छैन । सरकारले यस्ता नागरिकलाई गैरकानुनी रुपमा बसोबास गरिरहेका व्यक्तिको सूचीमा राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पोखरा विमानस्थल निर्माण : काट्नुपर्ने टुप्पो, फेदैदेखि डोजर


दीपक परियार
(पोखरा) — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिञय विमानस्थलको उडान प्रक्रिया डिजाइनले भन्यो, ‘पूर्वपट्टिको डाँडा २५ मिटर काट्नुपर्छ ।’ विमान अवतरण गर्ने क्रममा रिठ्ठेपानी डाँडाले अवरोध पुर्‍याउने भएकाले काट्नुपर्ने डिजाइनमा उल्लेख थियो । टुप्पोबाट काटेर २५ मिटर उचाइ घटाउनुपर्ने भनिए पनि जग्गाधनीले फेदैबाट डोजर लगाउन सुरु गरेका छन् । अत्यधिक माटो उत्खनन र प्लटिङ गर्ने उद्देश्यले फेदैदेखि डोजर लगाइएको स्थानीयको आरोप छ ।  पोखरा–२६ मा पर्ने बानियाँपाखा भनिने रिठ्ठेपानीमा डोजर लगाउन महानगरपालिकाले स्वीकृति दिएको हो । नागरिक उड्डयन प्राधिकरणले डिजाइनमा रहेको भन्दा ५ मिटर बढाएर ३० मिटर डाँडा काट्न गत वर्ष माघ ३ मा महानगरलाई सिफारिस पठाएको थियो । डाँडामा धेरै व्यक्तिगत र केही सार्वजनिक जमिन पर्छ । डाँडा काट्नुपर्ने थाहा पाएका जग्गाधनीले आफैं पहल लिए । पढ्नेक्रम जारी राख्नुहोस्