कुबेत नेपालडटकम / जुलाई 3, कुवेतl श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको अगुवाइमा हिजो जुलाई २ तारिक २०१९ मा कुवेतको नेपाली राजदूतावासमा ज्ञापन-पत्र बुझाएको छ l
कुवेतका राजदुत महामहिम दुर्गा प्रसाद भण्डारी र मिनिस्टर अफ काउस्न्सिलर प्रकाशमणी पौडेलको उपस्थितिमा संघर्ष समितिको संयोजक हरि कंडेल लगाएत समितिका पदाधिकारी र सदस्यहरु द्वारा हस्तक्षरीत ज्ञापन-पत्र श्रम सहचारी ज्ञानेन्द्र शर्माको हातमा बुझाएको जानकारी जागृती युवा समाज कुवेतको अध्यक्ष टिकाराम आचार्यले दिएका छन् l
खाडी मुलुक मध्ये कुवेतमा पनि ठुलो संख्यामा काम गर्दै आएको घरेलु कामदारहरुको लागि यो पेशा असुरक्षित रहेको ठहर गर्दै नेपाल सरकारले सन् २०१४ देखि घरेलु कामदार पठाउन पूर्ण रुपमा रोक लगाएको छ l सरकारले घरेलु कामदारको लागि श्रम स्वीकृति दिनमा रोक लगाएसंगै घरेलु कामदारको रुपमा काम गर्दै आएका कामदारहरुलाइ छुट्टीमा घर गएर पुनः कामको लागि आउन समस्यामा परेकोले नयाँ भिषामा आउनलाई बन्द गरेता पनि पुराना घरेलु कामदारहरुलाइ श्रम स्वीकृति दिएर काम गर्न सहजीकरण गराउनको लागि ज्ञापनपत्र बुझाएको आचार्यले बताए l