१८ असार, काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए । ‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् । अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/07/2019
१२ विषयमा नम्बर थपेर ३ डिग्री
सदीप कैनी
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयहरूमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो । जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
घरेलु कामदारको श्रम स्वीकृतिको माग राख्दै कुबेत दुतावासलाई ज्ञापन-पत्र बुझाएयो ।
कुबेत नेपालडटकम / जुलाई 3, कुवेतl श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको अगुवाइमा हिजो जुलाई २ तारिक २०१९ मा कुवेतको नेपाली राजदूतावासमा ज्ञापन-पत्र बुझाएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना