रामकृष्ण अधिकारी
काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्। पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्र’bout सांसदहरूले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/07/2019
ओलीले संसदीय दलमा भने– दाहाललाई धेरै विश्वास गरें
Posted in नेपाल समाचार
काबुलमा भीषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु
१७ असार, काठमाडौं । आफगानिस्तानमा सोमबार बिहान भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएकाे छ । कम्तीमा ६८ जना घाइते भएका छन् । विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लोकसेवाको विज्ञापन स्थगित नहुने
काठमाडौँ — स्थानीय तहमा रिक्त पदका लागि लोकसेवा आयोगले गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार स्थानीय तहका लागि लोकसेवाद्वारा गरिएको विज्ञापन अघि बढाउने बाटो खोलिदिएको छ । सर्वोच्चमा सोमबार लोकसेवाको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइ सकिएपछि न्यायाधीशद्वय कार्की र भट्टराईको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
छैटौ रक्तदान कार्यक्रमको तयारी पुरा रक्तदान कार्यक्रम जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा
सुरेश गुरुङ, कुबेत 2 जुलाई रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाज को अध्यक्ष राजु गुरुङ ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
दर्शन ठकुरी समाज कुवेतद्वारा मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग
कुवेत – दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना