Daily Archives: 01/07/2019

सर्वोच्चले भन्यो– ‘लुम्बिनी क्षेत्रका उद्योग तत्काल बन्द गर्नू’


काठमाडौँ — सर्वोच्च अदालतले लुम्बिनी विकास कोष ’roundको १५ किलोमिटर क्षेत्रभित्रका सिमेन्ट कारखानासहित सबै उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले सिमेन्ट कारखानासहितका उद्योग अन्यत्र सार्न भनेको हो । आदेशमा प्रदूषण गर्ने उद्योगहरू बन्द गर्न सरकारलाई निर्देश गरिएको छ । २०६६ सालमा औद्योगिक प्रवर्द्धन बोर्डले लुम्बिनी क्षेत्रको १५ किमि ’round उद्योग नखोल्ने निर्णय गरेको थियो । बोर्डको निर्णयविपरीत विभिन्न औद्योगिक घरानाले उद्योग स्थापना गर्न थालेपछि सरोकारवालाहरूले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कति जीपीएले कुन विषय पढ्न पाउने ?


सूर्यप्रसाद पाण्डे
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिए पनि कक्षा ११ भर्ना हुने सबै विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७४ असार ३ गते विद्यार्थीले पाएको विषयगत नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुन पाउने छन्। २ वर्षअघिको मापदण्डलाई नै यस पटक पनि निरन्तरता दिने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बताए। पढ्नेक्रम जारी राख्नुहोस्