Daily Archives: 30/06/2019

सुदुरपश्चिमेली नेपाली समाज द्वारा बाजुराका मृगौला पिडित बोहोरा लाई आर्थिक सहयोग


मान ब. बलायर,कुवेत

जुन ३० कुबेत सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा मृगौला पिडित धन ब. बोहरा लाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ।बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घर बाट बिदेश जानको लागि काठमण्डौ आएका बोहोरा एकाएक बिमारी भएपछि अस्पतालमा भर्ना भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

१२ करोड लागतमा तयार वीरगञ्जको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा


१५ असार, वीरगञ्ज । वीरगञ्जको छपकैयामा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । १० विगाहा क्षेत्रफलमा फैलिएको १२ करोड रुपैयाँमा निर्माण भएको प्लान्ट सञ्चालनमा आएको हो । वीरगञ्जको श्रीपुर, तेजारथटोलदेखि छपकैयासम्मको घरबाट निस्किने प्रदूषित पानीलाई नालामार्फत प्रशोधन केन्द्रमा लगेर सफा गरी सिर्सिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ । प्राविधिकहरूका अनुसार ९ मिटर गहिरो ट्रिटमेन्ट प्लान्टमा पानीको सतह ४ मिटरसम्म पुगेपछि अटोमेटिक रूपमा सञ्चालनमा आउँछ । पानी प्रशोधन केन्द्र निर्माणमा एसियाली विकास बैंक र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत लगानी भएको छ । दैनिक एक करोड लिटर फोहर पानी प्रशोधन गर्न सक्ने क्षमता केन्द्रको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सूचना प्रविधि विधेयक : साइबर ऐनकै प्रावधान


विजय तिमल्सिना
काठमाडौँ — सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लेख्नेलाई पक्राउ गर्नका लागि दुरुपयोग हुँदै आएको विवादित प्रावधानलाई सूचना प्रविधि विधेयकमा निरन्तरता दिएर सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई थप खुम्च्याउने प्रयास गरेको छ ।  अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन प्रयोग हुँदै आएको दफा हटाउन माग भए पनि सरकारले तयार पारेको सूचना प्रविधि विधेयकमा यसलाई झन् व्यापक पारिएको छ । विद्युतीय कारोबार ऐनको यो बुँदा हटाउन पत्रकार महासंघसहितका सरोकारवालाले लामो समयदेखि माग गर्दै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्