प्रवासि इलामेली सेवा समाज कुवेतको अधिवेशन कार्यक्रम सम्पन्न, अध्यक्षमा रोशन राई


नैनकला राई/ जुन २८, कुवेत। प्रवासि इलामेली सेवा समाज कुवेत द्वारा आयोजित प्रथम बार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रम आज जुन २८ मा कुवेत स्थित फर्वानियाको युनिक अडिटोरियम हलमा भव्यताका साथ सम्पन्न भएको छ l

“सम्मृद्द समाज निर्मान र विकाश आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको विषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासि इलामेलि सेवा समाज कुवेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिवेशन कर्यक्रममा समाजका संस्थापक अध्यक्ष चक्र कुलुङ राईको सभापतित्वमा र प्रमुख अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुमित्र पौडेल रहेको थियो भने विशेष अतिथिमा एनआरएनए एनसिसिका सदस्य अमित चाम्लिङ राई, पत्रकार महासंघका उपध्यक्ष नवराज पन्थी लगाएत अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा रहेको थियोl कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुले कार्यक्रम मनोरन्जनात्मक माहोल थियो l अतिथिहरुलाई स्वागत मन्तव्य संस्थाका नव निर्वाचित अध्यक्ष रोशन हाङ्खिम राईले स्वागत गर्दै प्रवासि इलामेली सेवा समाज कुवेतको र ईलाम जिल्लाको ’boutमा छोटो परिचय गराएका थिए साथै यस कार्यक्रमलाई सहजीकरण कुवेतका चिरपरिचित उद्घोषक सुरेश ग्याबाले गरेका थिएl कार्यक्रममा ईलाम जिल्लाको डकुमेन्ट्रीमा लोभ लाग्दा दृश्य उपस्थित पाहुनाहरु समू राखिएको थियो l

राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथि लगाएत अतिथिहरुले सामुहिक रुपमा दिप प्रज्वलन गर्दै केक काटेर औपचारिक रुपमा अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा देबी पौडेल, बिशेष अतिथिहरु एनआरएनए एनसिसीका सदस्य अमित चाम्लिङ राई, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राई, नेपाली समाज कुवेतका उपध्यक्ष जयनारायण थारु, प्रवासी नेपाली संघ कुवेतका अध्यक्ष युवराज गैरे, परदेशी खबर डट कमका प्रधान सम्पादक नैनकला राई लगाएतले शुभकामना मन्तब्य राखेका थिए l मन्तब्य राख्ने क्रममा ईलामका जिल्लाका विकाशका लागि कुवेतमा स्थापना भएका यस प्रवासी इलामेली सेवा संस्थाले ठुलो भूमिका खेल्न सक्ने अपेक्ष्या सहित शुभकामान दिएका थिए साथै कुवेतमा बिगतमा गरिएका केहि कार्यक्रममा आयोजकले राजदुतावासलाई निमन्त्रणा गरेता पनि दुतावासको तर्फबाट अनुपस्थित रहेकोले कुवेतमा कार्यरत नेपालीहरुको लागि अभिभावकको रुपमा हेरिएको नेपाली दुतावासको अनुपस्थितिले खल्लो तुल्याएको गुनासोपनि राखेका थिएl

कार्यक्रमको बीच बिचमा र अन्तिम समयमा कलाकारहरुले नृत्य र सांगीतिक प्रस्तुतिले उपस्थित पाहुनाहरुलाई भरपुर मनोरंजन दिलाएको थियो साथै संस्थाको तर्फबाट बिभिन्न क्षेत्रबाट संस्थालाई योगदान पुर्याएको मिडिया र ब्याक्तित्वोहरुलाइ सम्मान पत्र प्रदान गरिएको थियोl आयोजकको तर्फबाट उपस्थित पाहुनाहरुलाई जलपान र दिव्यभोजको ब्यबस्था गरिएको थियोl आयोजकले कर्मभूमि कुवेतमा बिट मार्दै नेपाल फिर्ता जादै हुनुहुने शिल्पी संघ नेपाल कुवेतका अध्यक्षलाइ संस्थाको पदाधिकारीहरुले खादा ओढाएर मायाको चिनो दिदै बिदाइ गरिएको थियो l

कार्यक्रमको अन्तमा अधिवेशन तथा वार्षिक उत्सवलाइ ऐतिहासिक,रुपमा भव्य र सभ्यरुपमा सफल बनाइदिनु हुने कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यबाद दिदै सभापति चक्र कुलुङ राईले कार्यक्रमको समापनको घोषणा गरेका थिए l

नयाँ कार्य समिति

संस्थापक सल्लाहकार चक्र कुलुङ राई

सल्लाहकार सबिन लाम्गादे

अध्यक्ष रोशन राई

बरिष्ठ उपाध्यक्ष अमित किराती

महिला उपाध्यक्ष निरु राई

महासचीव मन कुमार तामाङ

सचिव प्रबिन राई

कोशाध्यक्ष किरन तिरुवा

सह कोशाध्यक्ष घनेन्द्र राई

सदस्यहरु

बिरेन लिम्बू

प्रकास धिताल

टेक बहादुर साङ्पाङ

चित्र राई

प्रकाश भट्टराई

मिना बम्जन

भिमा लिम्बू

डम्बर राई कुमार गुरुङ

तुलशा चौहान

किशोर खाती

बुद्धलाल लिम्बू

आस वीर राई

सानू सिप्तुङ्खा

दिनेश धमला

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.