एसईईकाे नतिजा सार्वजनिक गर्न २ बजे बैठक


सुदीप कैनी
काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ । नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएकाे बताए। नतिजा प्रकाशन गर्ने सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।

म‌ंगलबार पनि बाेर्डकाे बैठक बसेकाे थियाे। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएकाे थियाे। मुलुकभरबाट याे वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो। (कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.