Daily Archives: 26/06/2019

बन्द हडतालको राजनिति अब किन र कस्को लागी?


कमल भण्डारी,कुबेत,26जुन -राजनितिको नाममा बिभिन्न काल ख०डमा धैरै अधिहुरी आयो । हामी अनुमान गर्न सकिन्छ 2007 देखि 2076 सम्म आइपुग्दा धैरै परिर्वतनका आवज आयो बिबिध तन्त्र पनि परिर्बतन भयो तर तन्त्र नाम भनेको मात्र नेताका जिवन शैलि परिर्बतन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्ब गर्ने खालका काम भएको देखिदैन। पढ्नेक्रम जारी राख्नुहोस्

संघीय ढाँचाको संरचना बनाउन जुट्यो कांग्रेस, केन्द्रबाट भर्ती नगर्न सिटौला पक्षको चेतावनी


अन्तरिम अवधिका लागि वडा, क्षेत्र, गाउँ, नगर र प्रदेश संरचना बनाउने तयारी, निर्वाचित गर्ने कि मनोनीत भन्नेमा विवाद
संस्थापन पक्षको चाहना मनोनयन, पौडेल र सिटौला पक्ष निर्वाचित गर्नुपर्ने अडानमा
कुलचन्द्र न्यौपाने
काठमाडौँ — कांग्रेस संघीय ढाँचाअनुसार वडादेखि प्रदेशसम्मको पार्टी संरचना गठन गर्ने तयारीमा जुटेको छ । अधिवेशन नहुञ्जेल अन्तरिम अवधिका लागि वडा, क्षेत्र, गाउँ, नगर र प्रदेश संरचना बनाउन लागिएको हो । नयाँ संरचनामा पदाधिकारी अधिवेशनबाट छान्ने कि मनोनयन गर्ने भन्ने विषयमा भने नेताहरूबीच विवाद कायमै छ । पार्टी सभापति शेरबहादुर देउवाको चाहना मनोनयनतर्फ छ । छोटो अवधिको कार्यसमितिका लागि मुलुकभर कार्यकर्तालाई विभाजित बनाउन नहुने तर्क सभापति देउवा र उनी पक्षीय नेताहरूले गर्दै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गुठी विधेयक फिर्ता


काठमाडौं, (नेस)
सरकारले गुठीसम्बन्धी विधेयक–२०७५ फिर्ता लिएको छ। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार राष्ट्रिय सभाको बैठकबाट विधेयक फिर्ता लिनुभएको हो। राष्ट्रिय सभाको बैठकबाट विधेयक फिर्ता भएको हो। बैठकमा मन्त्रीले विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्नुभएको थियो। सरकारले राष्ट्रिय सभाको विधेयक शाखामा उक्त विधेयक दर्ता गरेको थियो। विधेयकको विरोधमा आन्दोलन बढ्दै गएपछि मन्त्री अर्यालले गत असार ३ गते मन्त्रालयमै पत्रकार सम्मेलन गरी फिर्ता लिने बताउनुभएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्