“२५ औं बिश्व आदिवासी दिवस तथा संगीतिक साँझ २०१९” कार्यक्रममा  गायिका श्रेयसी चेम्जोङ  र नेलिमा थापा मगर बहराईन आउँदै ।


हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन, तमू समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा भब्यताका साथ मनाउने निर्णय भएको छ ।

१४ जुन २०१९ शुक्रबारका दिन संस्थाका अध्यक्ष झहर मान थेबेको अध्यक्षतामा सुम्निमा नेपाली रेष्टुरेण्टको सभा-हलमा बसेको संस्थाको पूर्ण बैठकले कार्यक्रमलाई मर्यादित, सभ्य र भव्य रुपमा सफल पार्नका निमित्त एक संयोजक समिति पनि गठन गरेको छ । बैठकले नरेन्द्र घलेलाई संयोजक र कृष्ण खाम्चा मगरलाई सह-संयोजक चयन गर्दै जम्मा ९ सदस्यीय संयोजक समिति गठन गरेको हो । महावीर पुन अध्यक्ष रहनु भएको “राष्ट्रिय आविष्कार केन्द्र” लाई आर्थिक सहयोग गर्ने लक्ष सहित राष्ट्रिय स्तरका कलाकारहरू क्रमश: विन्ध्यवासिनी पुरस्कार, नेशनल क्यापिटल अवार्ड, नेपाल सांगीतिक संघ लगायतका दर्जनौं पुरस्कार बिजेता तथा भर्साटायल गायिका श्रेयसी चेम्जोङ र नेपाल आईडल सिजन – २ को टप ७ मा पुग्न सफल एवं संसार भरिका दर्शकहरूको मन-मस्तिष्कमा बस्न सफल नव-उदयीमान गायिका निलिमा थापा मगरको धमाकेदार प्रस्तुतिहरूको साथमा कार्यक्रम गर्ने निर्णय गरेको छ । समयको माग र दर्शक-श्रोताहरुको आकांक्षालाई ध्यानमा राख्दै वर्तमान अवस्थामा अत्यन्तै लोकप्रिय र चर्चाको शिखरमा रहनु भएका राष्ट्रिय कलाकारहरूलाई छनौट गरिएको हो ।

उक्त कार्यक्रममा, राष्ट्रिय कलाकारहरु को प्रस्तुतिको साथमा आदिवासीहरुको मौलिक संस्कृतिजन्य नृत्यहरू क्रमशः घाटु, कौडा, केलाङ, या:लाङ, तामाङसेलो, साकेला, स्याब्रु तथा लोक नृत्य हरू प्रस्तुत गरिनुका साथै आदिवासी जनजातीय पहिचानजन्य मौलिक भेष-भूषाहरू प्रदर्शन तथा मौलिक खानपिनका परिकारहरू पनि समावेश गरिने छ,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.