Daily Archives: 25/06/2019

“२५ औं बिश्व आदिवासी दिवस तथा संगीतिक साँझ २०१९” कार्यक्रममा  गायिका श्रेयसी चेम्जोङ  र नेलिमा थापा मगर बहराईन आउँदै ।


हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन, तमू समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा भब्यताका साथ मनाउने निर्णय भएको छ ।
पढ्नेक्रम जारी राख्नुहोस्

कोमाका बिरामी ल्याउने विषय अध्ययनमै


विदेशमा २८ नेपाली कोमामा
होम कार्की
काठमाडौँ — प्रमुख गन्तव्य मुलुकमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने विषयमा सरकारले ६ वर्षदेखि कार्यदल बनाई अध्ययन गरे पनि एउटै बिरामी ल्याएको छैन ।तीनवटाभन्दा बढी कार्यदलले दिएका प्रतिवेदन कार्यान्वयन नगरी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार अर्को कार्यदल बनाएको छ । गन्तव्य मुलुकमा यस्ता बिरामी २८ जना छन् । कोमाका बिरामी ल्याउन लाग्ने खर्च निकै धेरै हुने भएपछि यसको कानुनी आधार खोज्न बोर्ड बैठकले पुनः श्रम मन्त्रालयको सहसचिवको अध्यक्षतामा कार्यदल बनाएको हो । खाडीस्थित नेपाली दूतावासले कोमाका बिरामीलाई स्वदेश ल्याउन सरकारलाई दबाब बढाएपछि अध्ययनका लागि भन्दै कार्यदल बनाउन सुरु गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ हजारको कामलाई ४८ हजार


सन्जु पौडेल
रूपन्देही — बुटवल–१० की वसन्ता ढकाल प्रत्येक दिन बिहान ५ देखि साढे ७ बजेसम्म बुटवल–बेलहिया ६ लेन सडकछेउको फूलबारीमा कुटोले झार उखेलिरहेकी भेटिन्छिन् । साँझ पनि त्यही कामलाई निरन्तरता दिन्छिन् । दिनको ५ घन्टा काम गर्छिन् । त्यसबापत दैनिक ५ सय २५ रुपैयाँका दरले ज्याला पाउने भएपछि खुसीले काम गरिरहेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साढे ३५ करोडमा जम्मा ३७३१ सीमास्तम्भ !


‘कमाउने धन्दा’ का लागि कार्यदलको सीमाहीन म्याद
१० असार, काठमाडौं । नेपालले भारतसँगको आधा सीमास्तम्भ पनि दुरुस्त राख्न सकेको छैन । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभामा दिएको जानकारी अनुसार विगत पाँच वर्षमा जम्मा ३७ सय ३१ वटा सीमास्तम्भ मर्मत र निर्माण भएका छन् । जसमध्ये दुई हजार ३५ वटा नयाँ र एक हजार ६९६ वटा मर्मत सम्भार भएको ज्ञवालीले बताए । सीमास्तम्भ पुनस्र्थापना, नबनेका ठाउँमा स्थापना, बिग्रे भत्केको भए मर्मत–सम्भार र दशगजामा अतिक्रमण गरेर बसेकालाई हटाउने म्यान्डेट पाएको नेपाल–भारत सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) ले आधा सीमास्तम्भ पनि निर्माण र मर्मत गर्न नसकेको मन्त्री ज्ञवालीद्वारा प्रस्तुत तथ्यांकले देखाउँछ । पढ्नेक्रम जारी राख्नुहोस्

काभ्रेमा बम आतंक


शिखर चिमौरिया
काभ्रे : नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ । बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन्। पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ । तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको डिएसपी गिरीले जानकारी दिए। धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका छन् । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएस्पी दिपक गिरीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्