Daily Archives: 24/06/2019

कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा


‘विप्लव समूहलाई समाप्त पार्ने नीति छैन, घटनाको छानविन गर्छौं’
रघुनाथ बजगाईं,  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्यु’bout छानविन गर्ने पनि बताएका छन् ।

पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशबाट नेपालमा आएर मृत्यु भएका ११४ कामदारलाई ६ करोड क्षतिपूर्ति दिइने


काठमाडौँ — वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एकसय १४ जना कामदारका परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसको लागि ६ करोड ६६ लाख व्यवस्था गरेको छ ।  बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्