जुन२० ,कुवेत ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजानका कारणले रोकिएको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम १२ जुलाई २०१९ शुक्रबारका दिन गर्ने भएको छ !
गत ३१ मेई तारिका दिन बसेको बैठकले वार्षिक उत्सव , २०६ औं भानु जयन्ति तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन ’bout जानकारी गराउदै आयोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका हुन ।
मिति :- १२ जुलाई २०१९ शुक्रबार
समय :- दिनको ठिक १२:३० बजे
स्थान :- पपिंस हल जिलिप , कुवेत
आयोजक :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर