गुठी विधेयक फिर्ता भएपनि आज माइतीघर मण्डलामा खबरदारी सभा हुने


काठमाडौँ — सम्पदाप्रेमीले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलता भनेका छन् । उनीहरूले गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जरुरी रहेको बताएका छन् । गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार माइतीघर मण्डलमा हुने भनिएको जनप्रदर्शन खबरदारी सभाकारूपमा रहने जनाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिएको छ । सरोकारवालाले राजधानीमा मंगलबार विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकार पछि हटेको हो । विधेयक प्रस्तुत गर्ने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । (कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.