एजेन्सी इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिनेक्रममा निधन भएको छ । कायरोको एक अदालतमा बयानका लागि उपस्थित भएका बेला मोर्सीको निधन भएको हो ।मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा राष्ट्रपति बनेका उनलाई एक वर्षमा नै सेनाले अपदस्थ गरेर विभिन्न अभियोगमा जेलमा राख्दै आएको थियो । एकान्त काराबासमा राखिएका उनलाई वकिल र परिवारलाई समेत कमै मात्रै भेट्न दिइन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/06/2019
इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको निधन
Posted in विश्व समाचार
गुठीको जग्गामा १५ तले भवन
नियामक निकाय गुठी हुँदा त बन्यो छाया सेन्टर, प्राधिकरण आए झन के होला ?
ईश्वरराज ढकाल, काठमाडौं । गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जुलाई ५ जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा जाउँ रक्तदान कार्यक्रमा सभागी बनौ
१८ जुन कुबेत, रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
भारतमा अत्यधिक गर्मी : ‘लू’ र इन्सेफ्लाईटिसले २०० भन्दा बढीको मृत्यु
सुरेशराज न्यौपाने
नयाँदिल्ली — अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले करिब २ महिनामा उच्च गर्मी र तातो हावाकै कारण सयभन्दा बढीको ज्यान गएको दाबी गरेका छन् । त्यसैगरी गर्मीकै कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सेफ्–लाइटिस) कारण बिहारमा मात्र थप एक सय बालबालिकाको ज्यान गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार