प्रचण्डका छोरी, बुहारी र ज्वाइँहरू सरकारी सुविधाबाट मालामाल


काठमाडौं, २ असार । माओवादीले जनयुद्ध गर्दा गाउँका जनतालाई धेरै ठूलाठूला सपना देखाएको थियो । जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई बराबरी देख्छन् भन्ने थियो । तर, प्रचण्डको व्यवहारले त्यो देखाउँदैन ।माओवादी पार्टीलाई पनि एमालेभित्र बिलय गराएका प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्नुभन्दा पनि आफ्नै परिवारको सुरक्षामा ध्यान केन्द्रित गराएको माओवादी पृष्ठभूमि रहेका नेताहरूले बताउने गरेका छन् ।

आफ्ना परिवारका सदस्य र ज्वाइँहरूलाई कसरी सेटिङ गरेर सरकारी सेवा सुविधा दिलाउन सकिन्छ भनेर प्रचण्डले रातदिन सोँच बनाउने गरेको प्रचण्डका क्रियाकलापले देखाएका छन् । आफ्नो सचिवालयदेखि राजनीतिक नियुक्तिसम्म सबै स्थानमा प्रचण्डले आफ्नै परिवारका सदस्यलाई मौका दिन्छन् । त्यसपछि आफू निकटकालाई अवसर दिने गरेको प्रचण्डलाई आरोप छ ।

प्रचण्ड आफैले सुरक्षाको बहानामा झण्डै ६० जना सुरक्षाकर्मी राखेका छन् । प्रचण्डले लिने सुरक्षा सुविधा झण्डै एउटा पहाडी जिल्लाको सुरक्षा जत्तिकै छ । प्रचण्ड हिँड्दा अगाडि पछाडि पनि थुप्रै गाडीहरू दौडन्छन् ।

प्रचण्ड स्वयंले सरकारी सेवा सुविधा पनि टन्न लिएका छन् । सांसदका तलव भत्ता लिन्छन् । पूर्व प्रधानमन्त्रीको हैसियतमा पनि सुविधा लिने गरेका छन् ।

प्रचण्डले आफ्नै कान्छी छोरी गंगा दाहाललाई स्वकीय सचिव नियुक्त गरेका छन् । गंगाले संसद सचिवालयबाट तलव भत्ता बुछिन् । गंगाको ठाउँमा जनयुद्ध लडेकै कार्यकर्तालाई अवसर दिएको भए प्रचण्डको आलोचना हुने थिएन । तर उनले छोरीलाई स्वकीय सचिव राखेर जनयुद्ध लडेका कार्यकर्ताको भावनामा ठेस पुर्‍याएको चर्चा हुने गरेको छ ।

गगांका पति एवम् कान्छा ज्वाइँ जीवन आचार्यलाई उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकारका रुपमा नियुक्त गरिएको छ । प्रचण्डका कान्छा ज्वाइँले पनि सरकारी नम्बर प्लेटको गाडी र तलव भत्ता खान्छन् । कान्छा ज्वाइँ दिनभरि आफ्नै व्यक्तिगत काममा हिँड्छन् ।

प्रचण्डले जेठा ज्वाइँ सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिव बनाएका छन् । जेठा ज्वाइँ पनि सरकारी सेवा सुविधा र तलव भत्ता बुझ्न । सरकारी गाडीमा चढ्छन् ।

कान्छी बुहारी बिना मगर खानेपानी तथा सरसफाइमन्त्री छिन् । सांसद समेत रहेकी बिना मगरले पनि सरकारी सेवा सुविधा र तलव खान्छिन् । बिना मगरले मन्त्री र सांसद दुबैको दोहोरो सुविधा लिने गरेको उच्च स्रोतले जनाएको छ । तर, जेठी बुहारी सिर्जना त्रिपाठी भने कुनै पनि सुविधाबाट बञ्चित छिन् ।

बिना मगरलाई कञ्चनपुरबाट सांसदमा जिताउन प्रचण्ड आफैले ठूलो भूमिका खेलेका थिए । मन्त्री बनाउन प्रचण्डकी पत्नी सीता दाहालले भूमिका खेलेको स्रोतको भनाइ छ ।

माइली छोरी रेणु दाहाललाई प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् । मत पत्र च्यातेरै भएपनि प्रचण्डले रेणुलाई मेयर बनाइ छाडेका हुन् । रेणुका पति एवम् माइला ज्वाइँ अर्जुन त्रिपाठी पत्नीको स्वकीय सचिव छन् ।

रेणुको सबै हर्ताकर्ता स्वकीय सचिव पति अर्जुन त्रिपाठी नै हुन् । छोरीलाई मेयर बनाउनकै लागि प्रचण्डले भरतपुरलाई महानगरपालिका बनाएको चर्चा भरतपुरमा छ ।

साकार दाहाल ‘प्रकाश’ चढ्दै आएको गाडी ठेकेदार शारदा अधिकारीका कामदार प्रकाश रायमाझीले चढ्दै आएका छन् । प्रकाश रायमाझीले प्रचण्डको परिवारलाई आवश्यक पर्ने सबै सामाग्री घरसम्म ल्याइदिन्छन् ।

प्रचण्डको परिवारलाई आवश्यक पर्ने समाग्री ल्याइदिन र सेवा गर्नका लागि ठेकेदार शारदा अधिकारीले नै प्रकाश रायमाझीलाई प्रचण्डको निवासमा राखिदिएको स्रोतले जनाएको छ ।

प्रचण्डले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूलाई राम्रो ठाउँमा कहिल्यै पनि अवसर नदिएको गुनासो गर्ने धेरै नेता तथा कार्यकर्ताहरू छन् । उनले सकेसम्म पार्टीभन्दा बाहिरका व्यक्तिहरूलाई अवसर दिएका थुप्रै उदाहरण छन् । जनयुद्धका बेला गरेको बाचा र प्रतिवद्धताहरू सबै प्रचण्डले भुलेको आरोप छ ।

प्रचण्डले विजयकान्त लाल कर्ण (डेनमार्क), अजय शर्मा र लक्की शेर्पा (अस्ट्रेलिया), राममणि पोख्रेल (बेल्जियम), महेश मास्के (चीन), कमानसिंह लामा (कोरिया), मायाकुमारी शर्मा (कतार)लाई राजदूत बनाए । सबै माओवादी थिएनन् । उनीहरूले मोटो रकम बुझाएर राजदूत पाएको आरोप माओवादी पृष्ठभूमि भएका नेताहरूको आरोप छ ।

अहिले फेरि महेश दाहाल (अष्ट्रेलिया)का लागि राजदूतमा सिफारिस परेका छन् । प्रचण्डको कोटाबाट दाहालले अष्ट्रेलियाको राजदूत हुने अवसर पाएका छन् ।

निर्वाचनका बेला महेश दाहाल नेपाली कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । प्रचण्डले पार्टीमा जनयुद्ध लडेका र साथ दिएका कसैलाई पनि राजदूतमा अवसर नदिएर भरखरै माओवादी बनेका कांग्रेसी दाहाललाई राजदूतमा सिफारिस गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।

यसअघि पनि अष्ट्रेलियाको लागि नेपाली राजदूतमा प्रचण्डले लक्की शेर्पालाई सिफारिस गरेका थिए । मानव तस्करीमा परेपछि शेर्पालाई राजदूतबाट हटाइएको थियो ।(दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.