Daily Archives: 17/06/2019

प्रचण्डका छोरी, बुहारी र ज्वाइँहरू सरकारी सुविधाबाट मालामाल


काठमाडौं, २ असार । माओवादीले जनयुद्ध गर्दा गाउँका जनतालाई धेरै ठूलाठूला सपना देखाएको थियो । जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई बराबरी देख्छन् भन्ने थियो । तर, प्रचण्डको व्यवहारले त्यो देखाउँदैन ।माओवादी पार्टीलाई पनि एमालेभित्र बिलय गराएका प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्नुभन्दा पनि आफ्नै परिवारको सुरक्षामा ध्यान केन्द्रित गराएको माओवादी पृष्ठभूमि रहेका नेताहरूले बताउने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सातै प्रदेशका सांसदलाई कुस्त बजेट


प्रदेशहरुको कुल विकास बजेटको ९.०८ प्रतिशत प्रदेश सांसदले खर्च गर्ने भएका छन्
कृष्ण आचार्य, लीलाबल्लभ घिमिरे, अजित तिवारी, सुवास विडारी, लालप्रसाद शर्मा, घनश्याम गौतम, चाँदनी कठायत, अर्जुन साह

काठमाडौँ — अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

खोटांङ कुवेत सम्पर्क मंचको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव आगामी १६ अगष्टमा


नैनकला राई जुन १६, कुवेत l खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव अगष्ट १६ तारिकमा हुने भएको छ l

गत जुन १३ तारिक शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो l साथै अधिवेशन तथा ८ औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहने संस्थापक संरक्षक मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन्l पढ्नेक्रम जारी राख्नुहोस्