काठमाडौं, १ असार । युरोपका विभिन्न देशको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फिर्ता भएका छन् ।
स्वदेश फिर्ताका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाउन खोज्ने नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/06/2019
प्रधानमन्त्री स्वदेश फिर्ता, कालो झन्डा देखाउन पुगेका तरुण कार्यकर्ता पक्राउ
Posted in नेपाल समाचार
जताततै असन्तुष्टि
रामकृष्ण अधिकारी
काठमाडौं : सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ। दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ।केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन्। मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन्। झन्डै आधा दर्जन विधेयकमा सरोकारवालाले नै असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारविपरीत जान खोजेकाले आन्दोलन गर्नुपरेको बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?
१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
इन्टरनेटमा अंकुश
सूचना प्रविधि विधेयकका आपत्तिजनक प्रावधान हटाइएन
विजय तिमल्सिना
काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वेब होस्टिङ कम्पनीका लागि समेत व्यवसाय कठिन हुनेछ । सामाजिक सञ्जालमा सम्प्रेषण भएको विषय सरकारी निकायले सोझै हटाउने निर्देशन दिन सक्ने विधेयकमा प्रावधान छ । ‘यो विधेयक जस्ताको तस्तै पास भए सूचना प्रविधि क्षेत्रका लागि कालो दिन हुनेछ,’ साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालले भने, ‘यस्तो नियन्त्रणमुखी कानुन बन्नु राम्रो संकेत होइन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार