अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल आएको छ ।
मंचका अध्यक्ष सोम रसाईली ले हजुरहरु मा पर्न गएको असुबिधा प्रति माफि मग्दै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आज बेलुकी कलाकार स्वागतको लागि कुवेत बिमानस्थल नजानु हुन अनुरोध गर्दै, कलाकार आगमनको नयाँ सेडुल छिट्टै प्रकाशित गर्ने जनाउनु भएको छ । आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा