अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल भएको ले भोली अर्थात बिहिवार कुवेत समय अनुसार बिहान ९ बजे कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको ले स्वागतको लागी आईदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीलाई अनुरोध गरेको छ।
कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको अध्यक्ष सोम रसाईली ले अनुरोध गरेका छन् ।
कार्यक्रमको विवरण:-
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा
स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति: जुन १४ तारिक शुक्रबार २०१९
समय: बिहान् १२ बजे देखि