अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई भोली बुधबार बेलुकी ५ बजे कुवेत आइपुग्ने मंचका अध्यक्ष सोम रसाईली ले जानकारी दिनु भएको छ |
अतिथि कलालाकर भोली बुधबार ५ बजे बेलुकी कुवेत आइपुग्ने भएकोले कलाकारहरुलाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी , पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी आयोजक ले अनुरोध गरेको छ ।
जुन १४ तारिक शुक्रबारको दिन हुने कार्यक्रम स्थल सम्मा जान को लागि आयोक अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कुवेतमा रहनु हुने कला प्रेमी दाजुभाइ , दिदिबहिनीहरुलाई मध्यनजर गर्दै यतायातको सुबिधाको बेवास्था गरिएको छ। कार्यक्रम स्थल सम्मा जान को लागि कुबेत बिभिन्न ठाँउ हरु जस्तै फाहाहिल , मङाफ , महाबुल्ला फेन्तास हुँदै कार्यक्रम हल सम्मका लागि रोहित तिमिल्सिना र खैतान , फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङ लाई सम्पर्क गर्न सक्नु हुन्छ। सपर्क को लागि माथि ब्यानर मा सम्पर्कवाल को फोन न सम्पर्क गर्नु सक्नु हुने छ।
कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको अध्यक्ष सोम रसाईली ले अनुरोध गरेका छन् ।
कार्यक्रमको विवरण:-
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा
स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति: जुन १४ तारिक शुक्रबार २०१९
समय: बिहान् १२ बजे देखि