जुन २४ कुबेत “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नारिहरुको महान पर्व हरितालिका तिज मा अतिथि कलाकार नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी को साथमा कुबेतका चर्चित कलाकार हरु को बेजोड प्रस्तुती रहने संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन् |
नेपाल कुवेत साँस्कृतिक मन्च कुबेत को १९ औ सांस्कृतिक कार्यक्रम यास पाली भने कुबेत को जिलिब स्थित नेपालीहरु ले धेरै भन्दा धेरै कार्यक्रम गरेको ठाँउ सपूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु लाई जानकारी भएको लोकेसन इन्डियन सेन्ट्रल स्कुलको हलमा आउदो अगस्त महिना को ३० तारिक शुक्रबार दिन गर्ने भएको छ।
आफ्नो १९औ सांगीतिक धमाका नेपाली नारिहरुको महान पर्व हरितालिका तिज कार्यक्रम लाई सब्य र भब्य रुपले सफल पार्न कुवेतमा क्रियाशील संघसस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवैत सांस्कृतिक मंचका शुभ चिन्तक, सहयोगी, नेपाली दाजुभाइ तथा दिदि बहिनिहरु लाइ कार्यक्रममा आ-आफ्नो तर्फबाट सहयोग गरि भब्य रुपमा सफल बनाइदिन मन्चले अनुरोध गरेको छ |
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ३० अगस्त २०१९ शुक्रबार
समय :दिनको १ बजे बाट
कार्यक्रम :१९औ सांगीतिक धमाका हरितालिका तिज
आयोजक :नेपाल कुवेत साँस्कृतिक मन्च