अमेरिकामा नेपाली : सांसददेखि राष्ट्रपतिको सल्लाहकारसम्म


अनिल अधिकारी
अमेरिका : अमेरिकी कानुुनले प्राकृतिकरण नागरिकता लिएकालाई राष्ट्रपति र उपराष्ट्रपतिबाहेकका उच्चतम पदमा रहेर काम गर्ने अधिकार दिएको छ । आप्रवासीको मुुलुुक भनेर चिनिने देश अमेरिकामा पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति भनिन्छ । यही कानुुनी अधिकारबाट धेरै आप्रवासी यहाँको उच्चतम पदमा पुुगेका छन् ।

नेपालबाट अमेरिका आएकाहरू केही वर्षयता यहाँको मलुुधारको राजनीतिमा सक्रिय छन् । नेपाली मुुलका अमेरिकी राष्ट्रपतिको सल्लाहकारदेखि राज्य सांसद, नगरपरिषद् सदस्य, मेयर, उपमेर र तिनका सल्लाहकारसम्म छन् । अमेरिका भित्रिएका नेपालीहरू मुुलधारको राजनीतिमा समेत आफूलाई स्थापित गर्ने नेपालीको संख्या बढ्दो छ । अहिले धेरै प्रतिस्पर्धी मैदानमा छन् । केहीले जितेर इतिहास रचेका छन् । यसरी इतिहास बनाउने नेपालीको पहिलो सूचीमा छन् ह्यारी भण्डारी । पर्वत जिल्लामा जन्मिएका भण्डारी गत नोभेम्बरमा राज्यसभाको चुुनाव जितेर अमेरिकी सांसद बनेका हुन् । अमेरिका पुुगेको १५ वर्षमै उनले अमेरिकी इतिहासमा नेपालीमूलको नागरिक अमेरिकी सांसद भए । १० वर्षदेखि अमेरिकी मुुलधारको राजनीतिमा सक्रिय राज्य सांसद भएका भण्डारी डेमोक्रयाटिक पार्टीका केन्द्रीय सदस्य समेत हुुन् । भण्डारीले मुुलधारको राजनीतिमा छलाङ मार्ने सम्भावना छ ।

यसैगरी अर्को कृतिमान कायम गर्ने नेपाली हुुन्, नेपालको विकट जिल्ला संखुुवासभामा जन्भिएकी सञ्चिता श्रेष्ठ प्रधान । प्रधानले महाशक्ति राष्ट्र अमेरिकी राष्ट्रपतिको सल्लाहकार भएर इतिहास बनाएकी छन् । प्रधानले यसअघिका राष्ट्रपति बाराक ओबामाको सल्लाहकार भएर एसियन अमेरिकन तथा नेपालीको पक्षमा काम गर्ने अवसर पाइन् ।

सन् २००६ मा डीभी परेर अमेरिका आएकी प्रधान आयोवा डिर्पामेन्ट अफह्यूमन राइट एसियन प्यासेफिक आइल्याण्डर अफेयर्समा कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएकी छन् ।

अमेरिकामा बसोबास गरिरहेकी सञ्चिता प्रधान अमेरिकामा रहेका नेपाली अमेरिकी मूलधारमा आउनुुपर्ने धारणा राख्छिन् ।

यसैगरी केही दिन पहिले दो श्रो कार्यकालका लागि उपमेरको सपथ खाएका नेपाली हुुन् किरण सिटौला । इण्डियन नगरपालिकाको उपमेयरको सपथ ग्रहण गरेका सिटौलालाई यहाँको सार्वजनिक पदमा निर्वाचित पहिलो व्यक्ति मानिन्छ । बख्खुु लगाएर दो श्रो कार्यकालका लागि शपथ खाएका सिटौला २५ वर्षदेखि अमेरिकामा छन् ।

अध्ययनका लागि अमेरिका छिरेका सिटौलालाई अमेरिकी कानुुनले दिएको अधिकार प्रयोग गरी उपमेयर बनायो । अब पालो नगरपरिषद् सदस्य बनेर इतिहास बनाएका प्रतिप ढकालको छ । नेपालको झापा जिल्लामा जन्मिएका ढकाल भर्जिनिया राज्यको टाउन अफ हर्डनमा काउन्सिल मेम्बर अर्थात नगरपदिषद् सदस्य छन् ।

सातजना काउन्सिलमेम्बर विजयी हुुनुुपर्ने गत नोभेम्बरको चुुनावमा ढकाल ३ हजार ८८ मत ल्याएर चुुनिएका हुुन् ।

सन् २००६ मा अध्ययनका लागि अमेरिका आएका ढकाल छोटो समयमै नगरपरिषद् सदस्य भएका छन् । नेपालको विकासको गतिलाई तीव्र रूपमा लैजाउनुुपर्ने भएकाले सबै निर्वाचित पदाधिकारी इमान्दार भएर लाग्नुुपर्ने बेला आएको उनको धारणा छ ।

यसैगरी नगरपरिषद् बनेका अर्का नेपाली हुुन्, अर्घाखाँचीका मधुु पन्थी । १९ वर्षअघि डीभी परेर अमेरिका आइपुुगेका पन्थी अहिले भर्जिनिया राज्यअन्र्तगत टाउन अफ हेमार्केटका काउन्सिल म्यान छन् । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पन्थी नेपालमा कांग्रेसको राजनीतिमा सक्रिय थिए । ‘डीभीले मलाई अमेरिका ल्यायो’, पन्थी भन्छन्, ‘समाजसेवा र राजनीति मैले नेपालदेखि नै गर्दै आएको थिएँ । अहिले अमेरिकी जनताको सेवा गरिरहेको छुु ।’ दुुई वर्षे कार्यकालका लागि नगरपरिषद् सदस्य बनेका पन्थी मेडिकल सेन्टर चलाएर बसेका छन् ।

यस्तै अमेरिकामा नेपाली महिलाको नाम उचो बनाउने नारी हुुन्, विष्णुुमाया परियार । गोरखाको ग्रामीण भेगको दलित परिवारमा जन्मिएकी परियार न्यूजर्सी राज्यको जर्सीसिटीको मेयर सल्लाहकार छिन् ।

छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका आएकी परियार मेयरको सल्लाहकार बनेकी छन् । दलित आन्दोलनकी अगुुवा परियारले नेपाली महिलाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा नेपालको नाम उचो बनाएकी छन् ।

नेपालबाट अमेरिका आएका छोटो समयमै निर्वाचित पदाधिकारीका साथै उच्चतहको पदमा निर्वाचित, नियुुक्त भएर अलग्गै पहिचान बनाउन सफल भएका छन् ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.