जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको तयारी पुरा


जुन २, कुवेत। नेपाली जनएकता सेवा समाज कुवेतको चौथौँ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।

एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा भएको समाजका महासचिव डिबी भुसालले जानाकारी दिएका छन्।

संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन) कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै यस दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने संस्थाका अध्यक्ष मुक्त बहादुर विश्वकर्माले बताउनुभएको छ।

उक्त कार्यक्रममा कुवेतमा क्रियाशिल संघसंस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाई पत्रचार गरिसकेका र यदि कारणवश प्राप्त हुन नसकेको खण्डमा यसै समाचारलाई अाधार मानी उपस्थित भइदिनुहुको लागी आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण

स्थान : ब्लक १ रोड नं.१२४

विल्डिङ नं.१४ फर्वानियाँ, कुवेत

मिति : रमादानको अन्तिम दिन(इदको दिन)

समय : बिहान ठिक १० वजे

सम्पर्क नम्वरहरु :

– ५५२६८९०३

– ९७२२४९०८

– ६६१८३१३१

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.