आलाेपालाे सरकार’bout ओली र दाहालले के भने ?


फुटाउन खोज्ने प्रवृत्ति : ओली
एक वर्षपछि म बन्छु : दाहाल
पोखरा — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक प्रवृक्ति बढदै गएकामा दुःख व्यत्त गरेका छन् । पोखरामा शनिबार नेपाल स्काउटको राष्ट्रिय युवा सम्मेलन उद्घाटन गर्दै उनले पार्टीभित्र दुई अध्यक्षको सत्ता साझेदारी’boutको बहसतिर संकेत गर्दै भने, ‘एकता हुन नदिने, एकता भएकालाई पनि फुटाउन खोज्ने र पार्टीका शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढदै गएको छ ।’  प्रधानमन्त्रीले राष्ट्रिय भावनाभन्दा क्षेत्रीय, जातीय तथा अनेक प्रकारका संकीर्ण भावना बढेकोमा पनि चिन्ता जनाए ।

यसैबीच मोरङ संवाददाताका अनुसार नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको निर्णय र देशको परिस्थिति अनुकूल रहे एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् । उनले शनिबार विराटनगरमा पत्रकारहरूसँग भने, ‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने हो । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ ।’

पार्टी एकताका बेला ‘ऐतिहासिक रूपमा गरिएको सहमतिलाई इमानदारीसाथ’ कार्यान्वयन गर्ने पनि उनले बताए ।
आलोपालो सरकार चलाउने विषयलाई लिएर शुक्रबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा आफ्नो प्रधानमन्त्री पद ‘४/५ दिन मात्रै बाँकी रहेको’ भन्दै व्यंग्यात्मक शैलीमा दिएको प्रतिक्रिया प्रतीकात्मक भएको दाहालले बताए ।

दाहालले एक अन्तर्वार्तामा ‘पार्टीका दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको’ विषयलाई उठाएपछि केही दिनयता यो विषयले नेकपाभित्रसमेत तरंग ल्याएको छ । पार्टीका अन्य नेताले समेत यो विषय खुलारूपमा उठाउन थालेका छन् ।
‘अन्तर्वार्तामा पार्टी एकताका बेला हामीबीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको हुँ,’ उनले भने, ‘बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन । प्रधानमन्त्रीले त्यो कुरा राम्ररी बुझ्नुभएको छ ।’

अध्यक्ष दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पत्रकारलाई नलेख्न आग्रह गरे । ‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यावहारिक सहमति गरेका छौं, त्यही लाइनमा अघि बढदै र पार्टीलाई सुदृढ गर्दै जान्छौं,’ उनले भने ।

त्यसैगरी काठमाडौंमा नेकपाका नेता हरिबोल गजुरेलले अब अध्यक्ष दाहाल आलोपालोमा प्रधानमन्त्री बन्ने बताएका छन् । ‘यो कुरा त पहिलेदेखि मिडियामा आइरहेकै कुरा हो, उहाँहरू दुवैले मिलेर पार्टी र सरकार चलाउनु हुन्छ, आलोपालोमा सहमति भइसकेको छ ।’
दुई पार्टीबीच एकता गराउन दुवै अध्यक्षको भूमिका अहम् रहेको उल्लेख गर्दै उनले एउटा सार्वजनिक कार्यक्रममा भने, ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई दुवै अध्यक्षमाथि विश्वास छ ।’ (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.