प्रधानमन्त्री आलोपालो गर्ने सहमति लिखित नै छ : प्रचण्ड


ओली सरकार नेतृत्वमा जारी रहे, पार्टीको जिम्मा आफूले पाउनुपर्ने दाबी
काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै रहेको खुलासा भएको छ ।अध्यक्ष मध्येका प्रचण्डले एउटा टेलिभिजन अन्तरवार्तामा भनेका छन्,‘सहमतिका आधारमा नै पार्टी एकता भएको हो, सरकारको नेतृत्वका विषयमा आलोपालो गर्ने सहमति लिखितै छ । तर मलाई प्रधानमन्त्री पद लिन हतारो छैन ।’

उनले पार्टीभित्र सहमति भएको खण्डमा ओलीलाई ५ बर्षसम्म नै प्रधानमन्त्री चलाउन दिन पनि सकिने बताए । विकासको गति राम्रोसँग चल्यो भने, आफूले पार्टीको नेतृत्व गरेर अघि बढ्ने र ओलीले सरकार चलाउने ‘कन्डिसन’मा आफूलाई सहज हुने पनि प्रचण्डले बताएका छन् ।

एकता गर्दा भएको सहमतिमा आफूले कुनै आशंका नगरेको बताउँदै उनले भने,‘समय आएपछि अध्यक्ष केपी शर्मा ओलीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो मान्नुहुन्न, मैले लिन पनि अप्ठ्यारो मान्दिन । राम्रो काम भयो र पार्टीभित्र सहमति भयो भने उहाँलाई नै ५ बर्ष चलाउन दिन पनि अप्ठ्यारो मान्दिन । उहाँले पार्टीको जिम्मा दिन पनि अप्ठ्यारो मान्न हुँदैन ।’(दैनिक )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.