Daily Archives: 29/05/2019

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै, भौतिक पूर्वाधार प्राथमिकतामा


१५ जेठ, काठमाडौं । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् ।नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । “विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो । पढ्नेक्रम जारी राख्नुहोस्