बैद्यखानाबाट भागेका विप्लवका चार कार्यकर्ताहरू बच्न सकेननन्


काठमाडौं, १२ जेठ । काठमाडौंको बैद्यखानामा भएको बम बिष्फोटनपछि फरार रहेका विप्लव नेतृत्वको नेकपाका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ उनीहरूलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । बैद्यखानामा सिलिण्डर बम लिन गएका र त्यहाँ बम बिस्फोट भएपछि भागेर कोठामा पुगेका चार जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले र तेजबहादुर मोक्तान रहेका छन् । पक्राउ पर्नेहरूको कोठाबाट बिस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।उनीहरूलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेर कोटेश्वर वृत्तको जिम्मा लगाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।राजधानीका विभिन्न स्थानमा तीन ज्यानको ज्यान जाने गरी भएका बम बिष्फोटमा विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पर्चा र विभिन्न प्रमाणहरूले पुष्टि भएको प्रहरीको दाबी छ ।

विप्लवको नेकपाले राजधानीमा आतंक मच्चाएपछि उच्च सुरक्षा सर्तकता अपनाइएको छ । बम बिष्फोट र बिभिन्न अपराधका घटनामा संलग्नहरूलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको उच्च स्रोतले जनाएको छ ।सुरक्षाकर्मीहरूले सम्भावितस्थानहरूमा छापामारेर अपराधमा संलग्नहरूलाई धमाधम पक्राउ गरेको छ । काठमाडौं प्रहरीले सर्वसाधारणलाई शान्ति सुरक्षा दिइ अपराधमा संलग्नहरूलाई कारबाही गर्ने जनाएको छ ।(दैनिक )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.