Daily Archives: 27/05/2019

बैद्यखानाबाट भागेका विप्लवका चार कार्यकर्ताहरू बच्न सकेननन्


काठमाडौं, १२ जेठ । काठमाडौंको बैद्यखानामा भएको बम बिष्फोटनपछि फरार रहेका विप्लव नेतृत्वको नेकपाका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ उनीहरूलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । बैद्यखानामा सिलिण्डर बम लिन गएका र त्यहाँ बम बिस्फोट भएपछि भागेर कोठामा पुगेका चार जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको


सुरेन्द्र काफ्ले

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ। हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ। हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेवस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा, सतुंगलको १ कित्ताको १ रोपनी ६ आना १ पैसा व्यक्तिको व्यक्तिको नाममा गइसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्