मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ “- जय कला जय कलाकार भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्थर सम्म नेपाली कला साँस्कृतिक जगेर्ण गराउने उदेश्यले यस कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम यही आउदो मे १४ तारिक शुक्रबारको दिन अतिथि कलाकार (Nepal Idol first Runner Up २०१७)को निशान भट्टराईको साथमा साथै अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको कलाकारहरुको निकै रोचक प्रस्तुति रहने अध्यक्ष रसाईली ले जानकारी दिनु भएको छ |
जुन १४ तारिक शुक्रबारको दिन हुने कार्यक्रम स्थल सम्मा जान को लागि आयोक अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कुवेतमा रहनु हुने कला प्रेमी दाजुभाइ , दिदिबहिनीहरुलाई मध्यनजर गर्दै यतायातको सुबिधाको बेवास्था गरिएको छ। कार्यक्रम स्थल सम्मा जान को लागि कुबेत बिभिन्न ठाँउ हरु जस्तै फाहाहिल , मङाफ , महाबुल्ला फेन्तास हुँदै कार्यक्रम हल सम्मका लागि रोहित तिमिल्सिना र खैतान , फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङ लाई सम्पर्क गर्न सक्नु हुन्छ। सपर्क को लागि माथि ब्यानर मा सम्पर्कवाल को फोन न सम्पर्क गर्नु सक्नु हुने छ।
कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अध्यक्ष रसाईली ले अनुरोध गरेका छन् ।
कार्यक्रमको विवरण:-
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा
स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति: जुन १४ तारिक शुक्रबार २०१९
समय: बिहान् ११ बजे देखि