किरातीहरुको महान चाड साकेला उभौलीको विशेष अवसरमा किरात राई यायोक्खा शाखा युएई , किराया क्षेत्रीय अबुधाबि, किराया क्षेत्रीय अलऐन युएई , र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा साकेला उभौलि येलेदोङ ५०७९ कार्यक्रम आगामी जुन ७ तारिकमा अबुधबि स्थित मुसाफा साकेला पार्क युएईमा हुने भएको छ l
नेपालको पूर्वी प्रदेशको पहाडी जिल्लाहरुमा बसोवास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायलाई सामुहिक रुपमा किराती भनिन्छ । उनीहरु यो चाडलाई आआफ्नो समुदायमा आआफ्नै नामले सम्बोधन गर्ने गरेका छन्, जस्तै राईले यसलाई साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्दछन। वैशाख पूर्णिमादेखि १५ दिनसम्म किराती समुदायले आ–आफ्नो घरको कुलपितृको पूजा गरेर सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाउने गर्छन्।
वैदेशिक रोजगारीको सिलसिलामा कार्यरत किरातीहरुले पनि आफ्नो मौलिक चाडलाई परम्परागतरूपमा संस्कार र संस्कृतिलाई जागेर्ण गर्दै हरेक वर्ष झैँ यसपाली पनि किरात राई यायोक्खा शाखा युएई , किराया क्षेत्रीय अबुधाबि, किराया क्षेत्रीय अलऐन युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा साकेला उभौलि येलेदोङ / फोल्याँदर ५०७९ कार्यक्रम आगामी जुन ७ तारिकमा अबुधबि स्थित मुसाफा साकेला पार्क युएईमा संस्कृतिक झाँकी धुमधामका साथ मनाउने संस्थाकी सल्लाहकार भगवती चाम्लिङ राईले परदेशी खबरलाई जानकारी गराएकी छिन् l